स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
राष्ट्रिय समाचार

चालु आर्थिक वर्षमा तल्लो तहमा बजेट नजाने



राष्ट्रिय समाचार   17 पटक पढिएको   टिम टिभि संवाददाता     


हेटौंडा,१३ वैशाख । चालु आर्थिक वर्ष २०७४÷७५ मा तीन नम्बर प्रदेश सरकारले प्रशासन सञ्चालन तथा मन्त्रालयहरु मात्र ब्यवस्थापन गर्ने भएको छ ।


प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले बिहीबार प्रदेशसभामा चालु आर्थिक वर्षको आय ब्ययको अनुमान प्रस्तुत गर्दै पुँजिगत खर्च नगरिने जनाएको हो । 

मन्त्री ढुङ्गेलले चालु आर्थिक वर्षको लागि संघीय सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगबाट अनुदानतर्फ प्राप्त भएको एक अर्व दुई करोड पाँच लाख रुपियाँ रकमलाई चालुतर्फ  ५५ करोड ४८ लाख ६० हजार र पुँजीगततर्फ ४६ करोड ५६ लाख ४० हजार रुपैयाँ बिनियोजन गरिएको छ । चालु आर्थिक वर्ष समाप्त हुन केही समयमात्र बाँकी रहेको उल्लेख गर्दै आर्थिक मामिला मन्त्री ढुङ्गेलले भने, ‘प्रदेश स्तरीय कार्यक्रमहरुको स्पष्ट संरचनागत ब्यवस्था खडा भइनसकेको र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार सशर्त, समपुरक र विषेश अनुदानका लागि प्रदान गर्ने, आधार र कार्यबिधि तयार नहँुदो चालु आवमै स्थानीय तहलाई अनुदान दिन कानूनी आधार स्पष्ट भएन ।’ स्पष्ट कानूनी आधार नहुँदा मन्त्रालय तथा निकायहरुको साधरण प्रकृतिको खर्चको लागि मात्र प्राथमिकताका साथ बजेट बिनियोजन गरेको उनले बताए । पूँजीगततर्फ कुल बजेटको ४५ दशमलव ६३ प्रतिशत बजेट बिनियोजन गरेपनि चालु आर्थिक वर्षमा खर्च नहुने बताइएको छ । प्रस्तुत गरेको बजेटको व्यय अनुमानमा २७ करोड नौ लाख रुपैयाँ पारिश्रमिक, मालसामन तथा सेवाको उपयोगमा ११ करोड ९१ लाख, अनुगमन मुल्याङ्कन र भ्रमणमा एक करोड २८ लाख खर्च प्रतुत गरेका छन् । सबैभन्दा धेरै पूँजीगतर्फ एउटै शिर्षकमा भैपरी आउने पूँजीगततर्फ ३३ करोड ७० लाख र भैपरी आउने चालु खर्चमा ३० करोड बजेट छुट्याइएको छ ।छुट्याइएको अनुदान बाट अहिले तयार भएका उद्योग पर्यटन तथा बन मन्त्रालयका लागि ३ करोड, ३८ लाख ३२ हजार, प्रदेश व्यवस्थापिका सचिवालयका लागि १३ करोड,१९ लाख २४ हजार, आर्थिक मामिला तथा योजनाका लागि ६७ करोड ७० लाख, ५९ हजार, भुमि व्यवस्था, कृषि तथा सहकारीका लागि ३ करोड ३० लाख ७० हजार, भौतीक पुर्वाधार बिकासका लागि ३ करोड १० लाख ७८ हजार, मुख्य मन्त्री तथा मन्त्री परिषदका लागि ४ करोड ६१ लाख १० हजार, आन्तरीक मामिला तथा कानुनका लागि ३ करोड, ४३ लाख, ७ हजार र सामाजिक बिकासका लागि  ३ करोड ३१ लाख २० हजार रुपियाँ बजेट छुट्याइएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    712     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    604    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    595     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top