स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
राष्ट्रिय समाचार

प्रदेश सुरक्षा बैठक हेटौंडामा सुरु



राष्ट्रिय समाचार   16 पटक पढिएको   टिम टिभि संवाददाता     


वैशाख १८, हेटौँडा । ३ नम्बर प्रदेश स्तरीय सुरक्षा समितिको बैठक राजधानी हेटौंडामा सुरु भएको छ । प्रदेश मातहतका १३ जिल्लाका सुरक्षा निकाय सम्बद्ध निकायको बैठकको उद्घाटन गृहमन्त्री रामबहादुर थापाले गरेका छन् ।


बैठकमा सहभागि जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्लाको सुरक्षाको अवस्था र रणनितीका बारे प्रस्तुतिकरण दिने बताइएको छ । गृहमन्त्रालयले सातै प्रदेशमा प्रदेश स्तरीय सुरक्षा समिति बैठक गर्ने क्रममा ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा पनि बैठक गरेको गृहमन्त्रालयका प्रबक्ता सहसचिब रामकृष्ण सुवेदीले बताए । उनका अनुसार गृह मन्त्रालयले तयार पारेको सुरक्षा रणनितिको आधारमा सुरक्षाको बारेमा जानकारी लिने गरी कार्यक्रम गरिएको हो । मुलुकको राजनितिक संक्रमण कालको अन्त्यपछि आयोजित गोष्ठी महत्वपुण रहेको भन्दै प्रदेशको सुरक्षाको अवस्थापनको स्थिती, बिशिष्ठखालका सुरक्षा चुनौंती र त्यसको समाधानको पहिचानका लागि कार्यक्रम गरीएको हो।गृहमन्त्रालयले बैशाख ४ गते तयार पारेको ११ आन्तरीक सुरक्षा निती तयार भएपछि कार्यक्रम गरीएको हो । गोष्ठीमा प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली सहित काठमाण्डौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरुको सहभागिता रहेको छ । कार्यक्रममा गृहमन्त्री थापा, प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्री शालिदकराम जम्कटेल, गृह सचिब प्रेमकुमार राई, नेपाली सेनाका उपरथी शरदकुमार गिरी, प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, शशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, ३ नम्बर प्रदेश कानुन मन्त्रालयका सचिब बलदेबराज जोशी लगाएतको सहभागिता रहेको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    712     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    604    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    595     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top