स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
राष्ट्रिय समाचार

यातायात व्यवसायी आन्दोलित हुँदा सर्वसाधारण मारमा



राष्ट्रिय समाचार   14 पटक पढिएको   टिम टिभि संवाददाता     


वैशाख २१, हेटौँडा । सरकारले सिण्डीकेट खारेज गरेको बिरुद्ध यातायात व्यवसायी आन्दोलीत हुँदा हेटौंडाका सर्वसाधारणले पनि सास्ती खेप्नु परेको छ ।

यातायात व्यवसायी आन्दोलित हुँदा सर्वसाधारण मारमा

नारायणी यातायात व्यसायीसंघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ लगायतका विभिन्न व्यवसायी संघसंस्थामा आवद्ध ब्यवसायीले आज हेटौंडाबाट लामो र छोटो दुरीमा चल्ने सवारी साधन सञ्चालन गरेनन् । पुर्वपश्चिम राजमार्ग, हेटौंडा सिस्नेरी काठमाडौ लगायतका रुटमा समेत सवारी साधन सञ्चालन भएनन् । यातायात व्यवसायीले भने आफ्ना साधान घर तथा ग्यारेजमा थन्क्याएका थिए ।  यसैबीच सिन्डीकेट सञ्चालन गरेको भन्दै सरकारले नेपालका सबै यातायात ब्यवसायी संघ खारेज गर्ने निर्णयको विरुद्धमा उत्रीएको यातायात ब्यवसायी संघ सहितका सस्थाका पदाधिकारी तथा सदस्यहरुलाई प्रहरीले पक्राउ सुरु गरेको छ । देशकै सबैभन्दा ठुलो यातायात ब्यवसायी संघको रुपमा रहेको नारायणी यातायात ब्यवसायी संघले पनि आजको बन्दमा समर्थन गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले संघका अध्यक्ष हिरालाल श्रेष्ठ सहितका पदाधिकारी तथा सदस्यलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top