स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

कोराना संङक्रमण रोकथाम सम्बन्धी सरोकारवालाहरुविच अन्तरक्रिया



स्थानिय समाचार   114 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २३ मंगलवार  


हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को आयोजनामा कोराना संङक्रमण रोकथाम सम्बन्धी सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम मंगलबार हेटौडामा भएको छ ।

कोराना संङक्रमण रोकथाम सम्बन्धी सरोकारवालाहरुविच अन्तरक्रिया

वडा नम्बर ७ का अध्यक्ष राजन थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाललको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले कोरोना संङक्रमण संग सचेत भई सामाना गर्नुपर्ने बताउनुभयो । उहाँले सबैलाई सचेत भई उच्च स्वास्थ सर्तकता अपनाउनुपर्नेमा जोड दिनुभयो । यस्तै वडा अध्यक्ष थापाले सवै वडा बासिहरुलाई आत्मविश्वास बढाई सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले वडा नम्बर ७ मा हाल सम्मको कोरोना संङक्रमणको तथ्याङक समेत प्रस्तुत गर्नुभएको थियो । मंगलबार बिहान सम्म वडा नम्बर ७ मा १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा ५ जना वडा बाहिरका छन् भने ८ जना वडा नम्बर ७ का हुन् । संङक्रमित १३ जना मध्ये ६ जना उपचार पछि निको भैसकेका छन् भने ७ जना उपचाररत छन् । कार्यक्रममा टिम टेलिभिजनका अध्यष नवराज खतिवडा, ७ नम्बर वडा सदस्यहरु कृष्ण प्रसाद दहाल, सपना बिक लगाएत वडाका प्रतिनिधिहरु र स्वास्थकर्मीहरुको उपस्थिति रहेको थियो । 








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top