स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

कोरोनाको सन्त्रासले प्रदेश खेलकुद प्रतियोगितालाई छोएन



खेलकुद   12 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन ३० शुक्रबार  


कोरोना भाइरसको संक्रमणले सार्वजनिक सभा, समारोह, भेला जस्ता कार्यक्रम नगर्न भनिए पनि प्रदेश खेलकुद प्रतियोगिताको तयारी भने कायमै राखिएकोे छ ।

कोरोनाको सन्त्रासले प्रदेश खेलकुद प्रतियोगितालाई छोएन

चैत २१ गतेदेखि सुरु हुने भनिएको बागमती प्रदेश खेलकुद प्रतियोगिताको तयारी भइरहेको बागमती खेलकुद विकास परिषद्ले जनाएको छ । प्रदेश खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले बताउनुभयो । प्रतियोगिताको लागि प्रदेशका १३ वटा जिल्लाका स्थानीय तहमा छनोटको सुचना भईसकेको सदस्य सचिव भण्डारीले बताउनुभयो । स्थानीय तहले चैत्र १ गतेसम्म र जिल्लामा चैत्र ११ गतेसम्म छनोट कार्य सक्नुपर्ने सदस्य सचिव भण्डारीले जानकारी दिनुभयो । चैत्र २१ देखि २८ गतेसम्म हुने प्रतियोगिताको लागि मकवानपुर र चितवन जिल्लामा सुचारु अवस्थामा रहेका खेलमैदान र कभर्ड हलहरू प्रयोग गरिने बताईएको छ । प्रथम प्रदेशस्तरीय खेलकुद प्रतियोगिता, बागमती प्रदेश नामकरण गरिएको छ । प्रतियोगितामा ८ वटा खेल समावेश गरिएका छन् । महिला र पुरुष दुवैतर्फको प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, व्याडमिन्टन लगाएतका खेल समावेश छन् । क्रिकेटमा महिला टिम नरहेकोले महिला र पुरुष दुबै गरी ८ वटा खेलका १५ वटा कार्यक्रमहरु सञ्चालन हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top