स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

मुख्यमन्त्री पौडेलद्वारा पशुपालन तथा तरकारी खेतीको निरीक्षण



स्थानिय समाचार   301 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २० शनिवार  


बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलल शनिबार हेटौँडा उपमहानगरपालिकामा वडा नम्बर ७ नागस्वतीमा कृषकहरुको समुहले गरेका पशुपालन तथा तरकारी खेतीको निरिक्षण गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलद्वारा पशुपालन तथा तरकारी खेतीको निरीक्षण

कृषि बिकास निर्देशनालय बागमती प्रदेश अन्र्तगत कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहयोगमा २ समुहका ४० जना कृषकहरुले पशुपालन तथा तरकारी खेती गरेका छन् । यस वर्ष बनदेबी कृषि उद्यमी समुह र सुर्यादय बहुदेश्य कृषक समुहलाई कृषि ज्ञान केन्द्र चितवनले २८ लाख २४ हजार अनुदान रकम सहयोग गरेको हो । यस्तै दुबै समुहका कृषकहरुले पनि तरकारी खेती र पशु्पालनमा २८ लाख २४ हजार रुपौँया लगानी गरेका छन् । कृषकहरुले बनाएका टनेलहरुमा थोपा सिचाँई प्रविधिबाट टमाटर खेती गरीएको छ । मुख्यमन्त्री पौडेलले गर्नुभएको निरिक्षणका क्रममा वडा नम्बर ७ का अध्यक्ष राजन थापाले वडा भित्र सञ्चालित कृषक समूहहरुलाई वडाले सधै सहयोग र समन्वय गरीरहने बताउनुभयो । यसैबिच मुख्यमन्त्री पौडेलले हेटौडा ७ मै निर्माणधिन नागस्वति खहरे खोला निर्माणधिन पुलको समेत निरिक्षण गर्नुभएको छ । उक्त पुल निर्माणका लागी हेटौडा उपमहानगरपालिकाले २२ लाख रुपौँया उपलब्ध गराएको छ । निरिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सदस्य देवराज रिमाल, नेकपा हेटौडा नगर सचिवालय सदस्य तथा टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, नेकपा वडा नम्बर ७ कमिटिका सदस्य किरण लामिछाने लगाएतकाको उपस्थिति थियो ।









सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top