स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

थाहा नगरमा १५ जना संक्रमित मध्ये १४ जना डिस्चार्ज



स्थानिय समाचार   59 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २२ सोमवार  


थाहा नगरपालिकामा कोरोना संक्रमण निको हुनेको सङख्या बढेको छ ।

थाहा नगरमा १५ जना संक्रमित मध्ये १४ जना डिस्चार्ज

हाल सम्म थाहा नगरपालिकामा १५ जनामा  कोरोना संक्रमण पाईएको छ । संङक्रमित  १५ जना मध्ये १४ जना उपचारपछि निको भैसकेका छन् भने एक जना हेटौडा स्थित आईसोलेसनमा उपचाररत छन् । यस्तै थाहा नगरपालिकामा ४० बेड क्षमताको क्वारेन्टाईन निर्माण गरीएको छ । क्वारेन्टाइनमा हाल ४ जना रहेको थाहानगरपालिका स्वास्थ शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । विदेश बाट आएका  र अन्य स्थानबाट आएका मानिसहरुमा संङक्रमण देखिएपछि नगरमा उच्च स्वास्थ्य सर्तकता अपनाईएको प्रमुख बलामीले बताउनुभयो । यस्तै थाहा नगरमा आईसोलेसन नभएका कारण सङक्रमितहरुलाई हेटौडा पठाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । नगरमा आईसोलेसन निमार्ण गर्ने तयारी समेत भैरहेको प्रमुख बलामीले बताउनुभयो । हालसम्म थाहा नगरका एक सय ४४ जनाको हेटौडामा ,एक सय ८८ जनाको नगरकै क्वारेन्टाईनमा र क्न्ट्रयाक ट्रेसिङमा ३ सय ५९ जनाको पिसिआर परिक्षण गरीएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top