स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

कोरोना रोकथामका लागी ८ अस्पताललाई ४ करोड बजेट निकासा



स्थानिय समाचार   295 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २३ मंगलवार  


बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले कोरोना नियन्त्रणमा हाल सम्म ४ करोड रुपौँया खर्च गरेको जनाएको छ ।

कोरोना रोकथामका लागी ८ अस्पताललाई ४ करोड बजेट निकासा

मन्त्रालयले प्रदेश मातहतका ८ वटा अस्पतालमा ४ करोड रुपौँया निकासा गरेको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो । मन्त्रालयले हेटौडा अस्पताललाई ६० लाख ८३ हजार ६ सय, धादिङ अस्पताललाई १९ लाख ४८ हजार, त्रिशुली अस्पताललाई ५१ लाख ९३ हजार २ सय, सिन्धुली अस्पताललाई ९७ लाख १५ हजार ६ सय रुपाँैया निकासा गरेको छ । यस्तै चौतारा अस्पताललाई ८ लाख २४ हजार, रामेछाप अस्पताललाई ३२ लाख ४९ हजार २ सय, रसुवा अस्पताललाई ४ लाख ८६ हजार ४ सय र भक्तपुर अस्पताललाई एक करोड २५ लाख रुपाँैया निकासा गरेको प्रवक्ता सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशमा हाल २३ वटा ल्याब संञ्चालनमा रहेका छन् । कोरोना संङक्रमण बढेसङगै पिसिआर परिक्षणको दायरा बढाउन  प्रदेश सरकारले भक्तपु्र, मकवानपुर, त्रिशुली र सिन्धुलीमा गरी थप ४ वटा पिसिआर ल्याब संञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता सेढाईले बताउनुभयो । सामाजिक दुरी कायम गरी उच्च स्वास्थ सर्तकता अपनाए कोरोना संङक्रमण कम हुने मन्त्रालयका कोभिड प्रवक्ता सेढाईले बताउनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top