स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

बीपी जयन्तीमा ओम बृद्धाश्रमलाई कांग्रेसको २५ हजार ५ सय ५५ सहयोग



स्थानिय समाचार   73 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ भाद्र २४ बुधवार  


नेपाली कांग्रेस मकवानपुर र बी.पी. विचार समाज मकवानपुरले बुधबार ओम बृद्धाआश्रम लाई २५ हजार ५ सय ५५ रुपैंया सहयोग गरेको छ ।

बीपी जयन्तीमा ओम बृद्धाश्रमलाई कांग्रेसको २५ हजार ५ सय ५५ सहयोग

वी.पी. विचार समाजका उपाध्यक्ष, कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाको सभाध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता रहेको थियो । हेटौंडा उपमहानगरपालिका २ चौकिटोलस्थित ओम बृद्धाश्रमलाई कांग्रेस मकवानपुरले २० हजार र बिपि समाजले ५ हजार ५ सय ५५ रुपैयाँ गरी २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई सहयोग रकम हस्तान्तरण गर्दै प्रमूख अतिथि बानियाँले आश्रमको भवन निर्माणदेखि नै आफूले सहयोग गरेको बताउँदै जननेता बी.पी. कोइरालाको जन्मजयन्तीमा आश्रममा आश्रय लिएर बसिरहनुभएका बृद्धबृद्धाहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो । कार्यक्रममा बिपि समाजका सल्लाहकार कृष्णप्रसाद दाहाल, सचिव हरिप्रसाद पौडेल, कांग्रेस महिला विभागकी केन्द्रीय सदस्य एवं समाजकी कोषाध्यक्ष शर्मिला श्रेष्ठ, जीपी फाउण्डेशन मकवानपुरका अध्यक्ष नारायणप्रसाद लम्साल, लगायतको उपस्थिति रहेको थियो ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top