स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

लियो क्लबहरुद्वारा भैरबडाँडामा खाद्यान्न वितरण



स्थानिय समाचार   212 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ असोज २ शुक्रवार  


मकवानपुर लियो जिल्ला परिषद् ३ सय २५ बि टु नेपाल अन्र्तगत रिजन ५ का ९ वटा लियो क्लबहरुको आयोजनामा हेटौँडा उपमहानगरपालिका वडा नम्बर एक भैरबडाँडामा शुक्रबार खाद्यान्न वितरण कार्यंक्रम भएको छ ।

लियो क्लबहरुद्वारा भैरबडाँडामा खाद्यान्न वितरण

ईन्टरनेश्नल मेगा टुनिङग प्रोजेक्ट, फोकस वन हङगर रिलिफ कार्यक्रम अन्र्तगत खाध्द्यान्न वितरण कार्यक्रम गरीएको हो । हेटौडा उपमहानगरपालिका वडा नम्बर एक भैरबडाँडा निबासि पाण्डु बिकको घरमै पुगेर क्लबहरुले १७ हजार रुपौया बराबरको खाध्द्यान्न तथा भाँडाकुडा सहयोग गरेको हो । रिजन ५ का चेयरपर्सन राहुल जालानको सभाध्यक्षतामा भएको कार्यक्रममा लायन्स ईन्टरनेनल डिस्ट्रिक ३ सय २५ बि टु जोनका चेयरपर्सन तथा लियो एरिया एडभाईजर बिकेस लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले उपमहानगरपालिका मै भएर पनि भैरबडाँडाका नागरिकहरुले भौगोलिक बिकटताका कारण उपमहानगरको सेवा सुविधाको उपभोग गर्न नपाएको भन्दै लियो क्लबहरुले गाँउगाँउमा पुगेर सहयोग गरेको बताउनुभयो । लियो क्लब अफ मकवानपुर हेटाँैडाका अध्यक्ष सुदिन पौडेलले कार्यक्रम संञ्चालन गर्नुभएको थियो । मकवानपुरमा लियो क्लबहरु सामाजिक कार्यहरुमा सक्रिय रहदै आएका छन् ।










सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top