स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण



स्थानिय समाचार   46 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ असोज ३ शनिवार  


बागमती प्रदेश सरकारले आबास विहीन मुसहर समुदायको लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण गरिएको छ ।

सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३ सय ५५ वटा घर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले बस्ती बिकाशलाई प्राथमिकता राखेर एकीकृत बस्ती बिकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सरकारले जनता आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास अनुसार सिमान्तकृत समुदायका लागि घर निर्माण गरेको उहाँले बताउनुभयो । सरकारले दुधौली नगरपालिका वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा ४ वटा, ६ नम्बर वडामा २ वटा, ७ नम्बर वडामा ३० वटा, ९ नम्बरमा १८० वटा, १० नम्बर वडामा ५० नम्बर ११ वडामा ८० वटा घर निर्माण गरीएको शहरी बिकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । ११ करोड २ लाख रुपैयाँ लागतमा घर निर्माण भएको  उहाँले जानकारी दिनुभयो । लामो समय सर्प बिच्छीको डरमा फुसको घरमा बस्दै आएका मुसहर समुदाय सरकारी आवास पाउँदा हर्षित भएका छन् ।










सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top