स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

जनताको मर्म र चाहानालाई संविधानले सम्बोधन गरेको छः सांसद् पुलामी



स्थानिय समाचार   122 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ असोज ३ शनिवार  


जनताको मर्म र चाहानालाई नेपालको संविधानले संबोधन गरेको बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले बताउनुभएको छ

जनताको मर्म र चाहानालाई संविधानले सम्बोधन गरेको छः सांसद् पुलामी

छैठौ संबिधान दिवसको अवसरमा टिम टेलिभिजन संग कुरा गर्दे सदस्य सांसद पुलामीले सरकारले जनताको चाहान अनुरुपकै काम गरेको बताउनुभयो । उहाँले जनताले उठाएका केही मुद्दाहरु पुरा हुन बाँकी रहेको भन्दै सबैलाई एकजुट हुन आग्रह गर्नुभयोे । सांसद पुलामीले सरकारको नयाँ नक्सा जारी गर्ने भुमि फिर्ता गर्ने लगाएतका कामले संविधानको मर्मलाई संम्बोधन गरेको बताउनुभयो । उहाँले सम्मुन्नत राष्ट्र निर्माण गर्न सम्पुर्ण देशझक्त , राष्ट्रबादी जनताहरु एक जुट भै अगाडी बढ्नुको बिकल्प नभएको बताउनुभयो । उहाँले सम्पुर्ण जनता एकजुट भएर अगाडी बढेमा समृद्ध राष्ट्र निर्माण गर्न सकिने बताउनुभयो ।कोरोना भाईरस संङक्रमणका कारण बागमती प्रदेशको राजधानी हेटौँडामा संविधान दिवशको अवसरमा यस वर्ष कुनैपनि औपचारिक कार्यक्रमको आयोजना गरीएन । 








सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top