स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

पशुपालन तथा पशुजन्य उत्पादनको तथ्याङक र वार्षिक गतिबिधि प्रस्तुत



स्थानिय समाचार   15 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ असोज ४ आइतवार  


भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरको आर्थिक बर्ष २०७७ ÷०७८ को बार्षिक कार्यक्रम तथा सार्वजनिक गोष्ठी कार्यक्रम आईतबार हेटौंडामा भएको छ ।

पशुपालन तथा पशुजन्य उत्पादनको तथ्याङक र वार्षिक गतिबिधि प्रस्तुत

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरका प्रमुख सुशील केसिको सभाअध्यक्षतामा भएको कार्यक्रमको बागमती प्रदेशकी  प्रदेश सभा सदस्य मुनु सिग्देलले उदघाटन गर्नुभएको थियो ।कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मकवानपुरले जिल्लाको पशुपालन तथा पशुजन्य उत्पादनको तथ्याङक र वार्षिक गतिबिधि प्रस्तुत गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख केसिले स्थानिय ३ तहको सरकारबिच समन्वय नभएका कारण पशु पालनमा अनुदानको दुरुपयोग भएको बताउनुभयो ।उहाँले स्थानिय सरकार संग ब्यबस्थित पशुपालकको अभिलेख नभएका कारण बजेट कार्यान्वयनमा चुनौति थपिएको बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेम बहाद् पुलामी ,हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, लगाएत जिल्लाका गाँउपालिकाहरुको प्रमुखहरुको उपस्थिति रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top