स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मन्त्री लामाको दाबी



स्थानिय समाचार   90 पटक पढिएको   टिम टिभी संवाददाता   २०७७ असोज ५ सोमवार  


बागमती प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले प्रदेशमा उत्पादन हुन सक्ने फलफुल उत्पादनमा जोड दिदै प्रदेशलाई कृषिमा आत्म निर्भर बनाउने दाबी गर्नुभयो ।

बागमती प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने मन्त्री लामाको दाबी

सोमबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ मा गरीएको ड्रागन फ्रुट खेतिको सुभारम्भ गर्नुहुदै मन्त्री लमाले परम्परागत खेती प्रणालीको अन्त्य गर्दे आधुनिक प्रणालीमा खेती गरिनुपर्ने बताउनुभयो । उहाँले एक ब्यक्ति मात्र नभई कृिष समुह निर्माण गरी ब्यबसायिक रुपमा फलफुल तथा तरकारी खेतीलाई बिस्तार गरी कृषि फर्मको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा २७ कठ्ठा क्षेत्रफलमा नारायण रेग्मीले सुरुवात गर्नुभएको ड्रमगन फ्रुट खेतीको मन्त्री लामाले शुभारम्भ गर्नुृभएको हो । हनार्माडी ड्रईगन फर्म द्धारा ब्यक्तिगत लगानीमा सुरुवात गरीएको उक्त ड्राईगन फ्रुट खेतीमा हालसम्म ३० लाख भन्दा बढी रकम खर्च भैसकेको कृषक रेग्मीले बताउनुभयो । एक हजार २ सय वटा पोल राखिएको सो क्षेत्रफलमा ४ हजार ८ सय ड्राईगनका विरुवा रोपिने तयारी गरिएको छ । प्रदेश सरकार र स्थानिय सरकारबाट हाल सम्म कुनै सहयोग प्रप्त नभएको कृषक रेग्मीले बताउनुभयो । यसैबिच मन्त्री लामाले हर्नामाडीमै कालिका उद्यमी बिकास समुहले ६ बिगाहामा लगाएको मेवा खेतिको समेत निरिक्षण गर्नुृभएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा ,वडा नम्बर १८ का अध्यक्ष अनिल बाँनिया , एकिकृत ग्रामिण बिकास केन्द्र मकवानपुरकी अध्यक्ष सिता विष्ट लगाएतकाको उपस्थिति थियो ।










सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top