स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा



स्थानिय समाचार   853 पटक पढिएको        


पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।

तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

हेटौंडा उपमहानगरपालिका, नारायणी यातायात ब्यवसायी संघ, र नारायणी यातायात ब्यवसायी कम्पनि मिलेर तौलपुल संचालनमा ल्याइएको हो । तौलपुलको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना लामाले संयुक्त रुपमा तौलपुलको उध्घाटन् गर्नुभएको हो । आजैबाट तौलपुलमा भारी सवारीका साधनहरु तैल गर्न थालिएको छ । तौलपुलको उध्घाटन् पछी मेयर महतले राजमार्ग र आसपासका सडकको अवस्था अत्यन्त जिर्ण बन्दै गएपछी सबैको आग्रहमा तौलपुल संचालनमा ल्याइएको बताउनुभयो । तौलपुल संचालनपछी सडकको क्षमता भन्दा बढी भारबहन सवारीका साधनहरु आवतजावतमा कमी आउने अपेक्षा गरिएको छ । यातायात समितिको नाममा बार्षिक २१ करोड १३ लाख २० हजार रुपैयाँ अबैधानिक रुपले कर संकलन गर्दै आएको भन्दै गत वैशाख १९ गते मकवानपुर प्रशासनले तौलपुल बन्द गराएको थियो । देशैभरीको धेरै यातायात ब्यवसायीहरु आबद्ध भएको संस्था नारायणी यातायात ब्यवसायी संघले तौलपुल संचालन गर्दै अबैधानिक कर संकलन गर्दैआएको भनि प्रहरीले तौलपुल हटाएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top