स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
राजनिति

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु



राजनिति   10 पटक पढिएको        


फागुन १५ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री रविन्द्र अधिकारी सहित सवार सबै ७ जनाकै मृत्यु भएको छ ।

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ७ जनाको मृत्यु

दुर्घटनामा परी मन्त्री अधिकारी, पाइलट प्रभारक केसी, युवराज दाहाल, वीरेन्द्रप्रसाद श्रेष्ठ, आङछिरिङ शेर्पा, अर्जुनकुमार घिमिरे र वीरेन्द्र भोछिभोयाको निधन भएको हो ।युवराज दाहाल पर्यटनमन्त्रालयका उपसचिव हुन् भने अर्जुन घिमिरे मन्त्री घिमिरेका सुरक्षा गार्ड हुन् । बीरेन्द्र श्रेष्ठ नागरिक उडड्यन प्राधिकरणका निर्देशक हुन । नाइन एन ए.एम.आई (अल्फा माइक इन्डिया) कल साइनको उक्त हेलिकप्टर आज बिहान साढे ८ बजे काठमाडौंबाट ताप्लेजुङ गएको थियो । ताप्लेजुङबाट गएको प्रहरीसहितको टोली घटनास्थल पुगिसकेको छ भने काठमाडौंबाट नेपाली सेनाका दुईवटा र एयर डाइनेस्टीको एउटा हेलिकोप्टर पनि त्यसतर्फ गएका छन् ।









सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top