स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
स्थानिय समाचार

प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन



स्थानिय समाचार   979 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ मंसिर ४ बुधवार  


राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।

प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

तीन नम्बर प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ४ मा निर्माण भएको  फाखेल प्रहरी चौकीको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष उमाकुमारी लामा, इन्द्रसरोवार–४ का वडाध्यक्ष धनविर स्यांतान, वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, राष्ट्रिय अनुसन्धान हेटौडाका निर्देशक कमल थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, रातोमाटे गणका महेन्द्र नेपाल, ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत मदन लामा, लगायतको उपस्थिति थियो । तीन  तल्ले भवनमा व्यारेक, मेष, शौचालय, थुनुवा कक्ष सहीत ११ वटा कोठा  रहेका छन् । कार्यक्रम प्रहरी चौकी निर्माणमा जग्गा प्रदान गर्ने जग्गादाता इन्द्र सरोवरका  धन  बिर स्यानताङ्ग, मानवीर स्याङ्तान, भिम बहादुर स्याङ्तान र भवन निर्माण गर्ने पवित्र मल्टिपल कन्ट्रक्सनका उमेश लामालाई दोसल्ला ओढाएर प्रशंसापत्रले प्रदान गरिएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top