स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

बागमती गोल्डकपः टाइब्रेकरमा बिरगंजलाई हराउँदै संकट सेमिफाइनलमा



खेलकुद   40 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन ८ बिहिवार  


बिरगंज युनाइटेडलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै संकटा युवा क्लव जारी तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः टाइब्रेकरमा बिरगंजलाई हराउँदै संकट सेमिफाइनलमा

संकटाले बिहिबारको खेलमा बिरगंजलार्ई ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा लिइएको थियो । टाईब्रेकरमा संकटा क्लवका अमित तामाङ, राजेन्द्र रावल, विदेशी खेलाडि मेसेक एसि र दिपेश आले मगरले गोल गरे । कप्तान एस्नेट ताम्पिले प्रहार गरेको बल भने गोलपोष्टबाट बाहिरिएको थियो ।  फापरबारी दर्शकको समर्थन पाएको बिरगंगका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । संकटाका खेलाडीको आक्रमणलाई बिरंगजका गोलरक्षकले विफल तुल्याइदिएका थिए । खेलमा म्यान अफ दी म्याच बिरगंजका जर्सी नम्बर १४ का कृपा चौधरी घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् । प्रतियोगिताअन्तर्गत् भोलि शुक्रबार पहिलो सेमिफाइनलको खेल हिमालय शेर्पा क्लव र च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद ६ लाख र उपविजेताले  नगद ३ लाख रुपैया प्राप्त गर्नेछन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top