स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

बागमती गोल्डकपः हिमालयन शेर्पा फाइनलमा



खेलकुद   35 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन ९ शुक्रवार  


हिमालयन शेर्पा काठमाण्डौँ मकवानपुरको बागमती गाउँपालिकामा जारि तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः हिमालयन शेर्पा फाइनलमा

शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा च्यासल युवा क्लब ललितपुरलाई २–१ गोल अन्तरले हराउँदै हिमालयन शेर्पा काठमाडौं फाईनल प्रवेश गरेको हो । खेलको ७ औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दै टिमलाई १ गोल को अग्रता दिलाए । च्यासलका टिमले राम्रो अवसर पाएता पनि गोल भने गर्न सकेन् । खेलको ४७ औं मिनेटमा च्यासलका विदेशि खेलाडी कनिज अजेगोके भुजारीले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए ।प्रतिष्पर्धात्मक खेलको ७४ औँ मिनेटमा हिमालयका सुरज हमालले दिएको पासमा पुन हिमालयनका श्रेष्ठले गोल थप गर्दै हिमालयन २–१ ले गोल अन्तरले विजयी भएको हो । खेलमा हिमालयनका विजय क्षेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पा“च हजार रुपैया“ प्राप्त गरेका छन् । यस्तै दोस्रो सेमिफाईनल खेल भोलि संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा क्लब बिच हुनेछ । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । 








सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top