स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

बागमती गोल्डकपः जाउलाखेल फाइनल प्रवेश



खेलकुद   33 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन १० शनिवार  


संकटा युथ क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेल युवा क्लब तेस्रो बागमती गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

बागमती गोल्डकपः जाउलाखेल फाइनल प्रवेश

शनिवार मकवानपुरको बागमती गाउँपालिकामा जारि प्रतियोगितामा शनिबार संकटालाई २–० गोलले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो । जावलाखेले अब उपाधिको लागि हिमालयन शेर्पा क्लवसंग प्रतिस्पर्धा गर्ने छ । शनिवार भएको दोस्रोे सेमिफाईनल खेलमा जावलाखेल युवा क्लवको जितका लागी विदेशी खेलाडि अदामादुम्बीअ र बिमल घिसिङले १–१ गोल गरे । खेलमा जावलाखेका विदेशी खेलाडि अदामादुम्बीअ म्यान अफ दी म्याच घोषित भए । उनले नगद पाँच हजार पुरस्कार प्राप्त गरे । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो ।  यसअघि भएको पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले जितेको थियो थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले जितेको थियो । बागमती गोल्ड कपको फाईनल खेल फागुन ११ गते हुनेछ ।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    712     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    604    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    595     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top