स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेललाई



खेलकुद   3 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन ११ आइतवार  


मकवानपुरको फापरबारीमा सम्पन्न तेस्रो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जावलाखेल युवा क्लबले जितेको छ ।

तेस्रो बागमती गोल्डकपको उपाधी जावलाखेललाई

आइतबार भएको फाइनल खेलमा हिमालयन शेर्पालाई १–० गोलले पराजित गर्दै जावलाखेलले उपाधी उचालेको हो । जर्सी नम्बर १५ का खेलाडी ड्याडी जुनियरले गरेको एक मात्र गोल नै जावलाखेलको जितका लागी पर्याप्त बन्यो । पहिलो हाफ गोल रहित भएको खेलामा ड्याडी जुनियरले खेलको दोस्रो हाफको चौथो मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन । शनिवार भएको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लब काठमाडौंलाई पराजित गर्दै जाउलाखेलले फाईनलमा हिमालयनसंगको भेट पक्का गरेको थियो । जितसंगै जावलाखेलले ६ लाख नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हिमालयनले लाख सहित शिल्ड र मेडल प्राप्त गरेको छ ।  यसैगरि सर्वोत्कृष्ट खेलाडी ५० हजार नगद प्राप्त गरेका छन् । उत्कृष्ट गोलरक्षक फरवार्ड मिडफिल्डर डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गरेका छन् । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्ने वयवस्था मिलाइएको थियो । पहिलो बागमती गोल्ड कपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो।










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top