स्थानियता, बिकास, सूँचना र मनोरञ्जन, यो हो मकवानपुरको एकमात्र टेलिभिजन, टिम टेलिभिजन
logo
logo
खेलकुद

पुरुषतर्फ १२ नं. वडा र महिलातर्फ १९ नं. वडालाई उपाधि



खेलकुद   43 पटक पढिएको   टिम टिभी संवाददाता   २०७६ फागुन १७ शनिवार  


केशवलाल श्रेष्ठ स्मृति नगर भलिवल प्रतियोगितामा पुरुषतर्फको उपाधी वडा नम्बर १२ र महिलातर्फको उपाधि वडा नम्बर १९ ले जितेको छ ।

पुरुषतर्फ १२ नं. वडा र महिलातर्फ १९ नं. वडालाई उपाधि

हेटौंडाको हुप्रचौरमा जारी प्रतियोगितामा शनीबार भएको पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १२ ले ५ नम्बर वडालाई १५–२५, २५–१७, २५–१५, १८–२५ र १६–१४ को सेटले हराउँदै उपाधी जितेको हो । निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा १२ नम्बर वडाले नगद पचासहजार सहित नगरकपको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाछन् । भने उपबिजेता बनेको ५ नम्बर वडाले नगद तीसहजार, शिल्ड र मेडल प्राप्त गरेको छ । यस्तै महिलातर्फकै फाइनल खेलमा वडा नम्बर १४ लाई हराउँदै १९ नम्बर वडाले उपाधी जितेको हो । खेलमा वडा नम्बर १९ ले २५–१९, २५–१५ र २५–१७ को सोझो सेटले हराउँदै उपाधि जितेको हो । उपाधिसंगै १९ नम्बर वडाले नगद पचासहजार, शिल्ड र मेडल प्राप्त गरेको छ भने उपबिजेता बनेको वडा नम्बर १४ ले नगद तीसहजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्ट तथा पुरस्कार प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादु। जोशीले संयुक्त प्रदान गर्नुभयो । 










सम्बन्धित शिर्षक समाचारहरु
  • प्रहरी चौकी फाखेलको बुधबार उद्घाटन

    राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले उपलब्ध गराएको एक करोड ५७ लाख रुपैँयाबाट निर्माण गरिएको प्रहरी चौकी फाखेल एक समारोहका बीच बुुधबार उद्घाटन गरिएको छ ।
    स्थानिय समाचार
    713     टिम टिभी संवाददाता
  • तौलपुल सोमबारदेखि पुनःसञ्चालनमा

    पुस १६, हेटौँडा । हेटौंडा–११ थानाभ¥याङमा रहेको तौलपुल आजबाट फेरी औपचारिक रुपमा संचालनमा आएको छ ।
    स्थानिय समाचार
    605    
  • सहरी स्वास्थ्य केन्द्रलाई माईक्रोस्कोप प्रदान

    हेटौडा उप महानगरपालिका वडा नं ७ स्थित सहरी स्वास्थ्य केन्द्रलाई शुक्रबार एक कार्यक्रमकाविच माईक्रोस्कोप प्रदान गरीएको छ ।
    स्थानिय समाचार
    596     टिम टिभी संवाददाता


सम्पर्क
TEAM Television Pvt. Ltd.
Hetauda-1 , Makwanpur, Nepal
Tel : 0977-057-527599

Email: teamtvhtd@gmail.com, teamtvhtdnews@gmail.com

Ramsharan Dulal, Station Coordinator, 9855067405
TEAM Television Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top