केही भाइरसहरु पार्टी फुटाउन लागी परेः मुख्यमन्त्री पौडेल

२८ चैत्र, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री डोरमणी पौडेलले विश्व कोरोना माहवारीले आक्रन्त भईरहदाँ नेकपा भित्रपनि केहि कोभिडका भाईरसहरु छिरेर पार्टी फुटाउन दिनरात लागी परेको दावी गनुभएको छ ।
शनिवार अखिल नेपाल महिला संघको १३ औ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मुख्य मन्त्री पौडेलले विश्व कोरोना माहवारीले आक्रन्त भईरहदाँ नेकपा भित्रपनि केहि कोभिडका भाइ्र्ररसहरु प्रवेश गरेर निकै लामो ईतिहास बोकेको नेपाल कम्यिुनिष्ट पाटीलाई फुटाउन लागीपरेको बताउनुभएको हो । उहाँले तत्कालिन नेकपा मओवादी र नेकपा एमाले विच एकता भएर बनेको नेकपालाई आफनै पार्टी भित्रको भाईरसहरुले सिध्याएर झmण्डै २ तिहाईको बहुमतको सरकारलाई सिध्याएको समेत बताउनुभएको छ । यसैगरी मुख्यमन्त्री पौडेलले वर्तमान समयमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीनै आधिकारीक रुपमा एमाले रहेको बताउनुभएको छ । उहाँले हालको स्थितीमा नेकपा एमालेलाई बन्दनाम गर्ने उदेश्य सहित केहि मानिसहरु नेकपा एमालेको नाममा समान्तर कमिटी निमार्ण गर्दै आधिकारीक पार्टी भन्दै हिडिरहेकोले त्यस्ता मानिसहरुको पछि नलाग्न आग्रह गनुभयो ।