प्रदेश सभाको अधिकार बल पूर्वक खोसेको नेता जम्मकट्टेलको आरोप

२ वैशाख, हेटौंडा । प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका नेता शालीकराम जम्मकट्टेलले सरकारले प्रदेश सभाको अधिकार बल पूर्वक खोसेको आरोप लगाएका छन् ।
बाग्मती प्रदेश सभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै नेता जम्मकट्टेलले बागमती प्रदेश सरकारले विना पूर्वाधार विद्युतीय बस खरीद प्रकृया अघि बढाएको आरोप लगाए । सरकारले बिद्युतीय बस खरीद प्रकृयाको औचित्य पुष्टी नगरेसम्म प्रमुख प्रतिपक्ष दलले संसद अबरुद्ध गरिरहने नेता जम्मकट्टेलले बताए । आजको प्रदेश सभा बैठक समेत माओवादी केन्द्रकै अबरोध गरेका कारण स्थगीत भएको छ । संसद बैठक स्थगित हुनुअघि सदनमा बोल्दै नेपाली कांग्रेस संससदीय दलका नेता इन्द्र बानियाँले देशमा कोरोना महामारी र प्राकृतिक प्रकोपको घटानाका पीडितहरुले सरकार खोजीरहेको बेला प्रदेशका जनताले सरकार भएको महसुश गर्न नपाएको बताए । निजी कम्पनीहरुसंग प्रतिस्पर्धा गर्न नसकेर सरकारी स्वामित्वको उद्योगहरु धरासायी भईरहेका बेला सरकारले निर्माण कम्पनी खोलेर भ्रष्टाचारलाई प्रसय दिन खोजेको उनले आरोप लगाए । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको छ ।