हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसमा शंकास्पद बस्तु फेला

३ वैशाख ,हेटौँडा । हेटौँडा स्कुल अफ म्यानेजमेन्ट क्याम्पसको छात्रा शौचालयमा शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु बम हुनसक्ने आशंकामा प्रहरीले यसको डिस्पोजका लागि मध्यपृतना स्थित नेपाली सेनालाई खबर गरिसकेको मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताए । क्याम्पसको छात्रा शौचालयमा शंकास्पद बस्तु फेला परेसंगै क्याम्पसका सबै बिद्यार्थीलाई क्याम्पस प्रशासनले छुट्टी दिएको छ । अध्ययनका लागि क्याम्पस आएका बिद्यार्थीहरु घर फर्किएका छन् । अहीले प्रहरीले घटनास्थलको सुरक्षा गरिरहेको छ ।