फेमकल एकेडेमीद्वारा विद्यार्थीहरुलाई एकदिने स्वास्थ्य शिविर

३ वैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका १३ मा रहेको फेमकल एकेडेमीले विधार्थीहरुको लागि एकदिने स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
विश्वभरी कोरोनाको महामरी फैलीरहेको अवस्थामा विधार्थीहरुलाई स्वास्थ्य स्थितिको बारेमा जानकारी दिन विद्यालयले शिविर राखेको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर सागर कापm्लेको नेतृत्वमा गराइएको शिविरमा विद्यालयका ५ सय विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा पदम पोखरी हेल्थपोष्टका प्रमुख धानेश्वर शाह, विद्यालयका स्टाफ नर्स पवित्रा राई, स्वास्थ्य शिविरका कोर्डीनेटर प्रियंका क्षेत्री, फेमकल एकेडेमीका प्रिन्सिपल केशव मुडभरी लगायतको उपस्थिति रहेको थियो ।