समस्यालाई चिर्दै काम गर्न मुख्यमन्त्री पौडेलको सुझाव

३ वैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भुमि सम्बन्धि समस्या समधान आयोगमा समस्या रहेपनि तिनलाई चिर्दै काम गर्नुपर्ने बताउँनुभएको छ ।

शुक्रबार भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले बर्तमान समयमा संघ, प्रदेश, स्थानिय तहहरु सबैतिर समस्या रहेको बताँउदै आयोगले ति सबै समस्यालाई चिर्दै अगाडी बढ्नुपर्ने बताउँनुभयो । उहाँले आयोगमा समेत बजेटको अभाव, कर्मचारीको अपुग, सेवासुविधा लगाएतको समस्या रहेपनि जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । प्रदेश स्थापनाको समयमा बजेट कर्मचारी, आवश्यक पुर्वाधार लगाएतको समस्या रहेपनि विस्तारै यसको हल हुदै गएको स्मरण गराउँदै मुख्यमन्त्री पौडेलले आयोगको गठनपनि विषम परिस्थितामा भएकोले तत्कालका लागी बागमती प्रदेश सरकारबाट गर्नसकिने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा, नेपाल सरकारका पुर्व संस्कृती तथा पर्यटन मन्त्री आनन्द पोखरेल, भुमि सम्बन्धी समस्या समधान आयोगका अध्यक्ष देवी ज्ञावली, बागमती प्रदेश भित्रका १३ वटै जिल्लामा रहेका आयोगका प्रमुखहरु तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।