कम्प्युटर तालिमबाट २५ जना विद्यार्थीहरु लाभान्वित


६ वैशाख, हेटौंडा । मकवानपुर बेरोजगार संघले संचालन गरेको ३ महिने बेसिक कम्प्युटर तालिममा सहभागी २५ जना विद्यार्थीहरु यसबाट लाभान्वित भएका छन् ।

हेटौंडा उपमहानगरपालिको १ लाख आर्थिक सहयोगमा मकवानपुर विरोजगार संघले गत फागुन ६ गतेबाट संचालनमा ल्याएको कम्प्युटर तालिममा हैटौंडा उपमहानगरपालिका भित्रका २५ जना विद्यार्थीहरु सहभागी रहेका छन् । वर्तमान समयमा बढदो बेरोगारको समस्यालाई मध्यनजर गर्दै सिपमुलक तालिमको आवश्यकता लाई हेरेर ३ कम्प्युटर तालिम संचालन गरेको संघका अध्यक्ष सुरेश बेरोजगारले बताउनुभयो । यस्तै कम्प्युटर तालिममा सहभागी विद्यार्थीहरुले खुशी व्यक्त गर्नुभयो । हेटौंडा उपमहानगरपालिले व्यक्तिगत क्षमता अभिवृद्धी र विभिन्न सिपमुलक तालिमहरु संचालन गर्दै आईरहेको छ ।