पहिलो पटक जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने

६ वैशाख, हेटौंडा । मकवानपुरमा पहिलो पटक जिल्ला स्तरीय प्रथम अन्तरपालिका फुटबल प्रतियोगिता हुने भएको छ ।


जिल्ला समन्वय समिति मकवानपुरको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको ब्यबस्थापनमा यहि बैशाख ९ गते देखि १९ गते सम्म प्रतियोगिता हुन लागेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । हेटौंडा १० स्थित फरेष्ट्रीको खेलमैदानमा हुने प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट सहभागिता हुने मवकनापुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख र द्धितिय हुने टिमले १ लाख ५० हजार, उत्कृष्ट खेलाडिलाई ५ हजार र विधागत अन्य खेलाडिलाई जनही ३ हजारको दरले प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिएका हो । प्रतियोगितामा करिब ८ लाख ७७ हजार १ सय ५० रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । स्थानिय रुपमा खेलाडिहरुको क्षमता विकास गर्ने, खेलप्रतिभाको खोजी गर्ने पालिकाहरु बिच अन्तर सम्बन्धमा थप प्रगाढ बनाउने, जिल्ला भित्रका खेलाडिहरु बिच खेल भावनाको विकास गर्ने,खेल सस्कृतिको विकास गराउने उद्देश्ले आयोजना गरेको जिल्ला संमन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनु भयो । प्रतियोगिता कोरोना भाईरस (कोभिड—१९)बाट होसियारका साथ सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै प्रतियोगिता संचालन गर्ने जनाएको छ ।