हेटौंडा अस्पतालमा कोभिड ट्रिटमेन्ट वार्ड सञ्चालन

१२ वैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित हेटौंडा अस्पतालमा कोरोना संक्रमितको उपचारको लागि आईबारबाट ‘कोभिड ट्रिटमेन्ट वार्ड’ संचालनमा ल्याईएको छ ।


मकवानपुरको हेटौंडा उपमहानगपालिका सहित जिल्लाको विभिन्न स्थानीय तहमा दैनिक संक्रमितको संख्या थपिदै गर्दा संक्रमण पुष्टि भएर होम आइसोलेसन बसेका गम्भिर स्वास्थ्यमा समस्या भएका संक्रमितको उपचार गर्नको लागि ‘कोभिड ट्रिटमेन्ट वार्ड’ संचालन ल्याईएको हेटौंडा अस्पतालको डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँका अनुसार हाल १० वटा बेडबाट सुरु गरिएको ‘कोभिड ट्रिटमेन्ट वार्ड’मा अहिले मकवानपुरका २ जना र १ जना पतलैयाका गरि ३ जना बिरामीहरु उपचार गराईरहेका छन् । यसैगरी कोरोना संक्रमणको दोस्रोलहर सुरुभएसंगै हाल युवायुवती ,बालबालिका र सुगर,प्रेसर लगाएतको रोग रहेकोहरुमा बढी मात्रामा संक्रमण देखिएका डाक्टर सागर काफ्लेले बताउनुभयो । साथै हेटौंडा उपमहानगरपालिकाले पनि वडा नम्बर ६ स्थित गौरिटार आइसोलेसन पुनः संचालनमा ल्याएको छ । हेटौंडामा संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसनलाई पुनः संचालनमा ल्याईएको डाक्टर सागर काफ्लेले बताउनुभयो । आईतबारबाट पुन संचालनमा ल्याईएको आइसोलेसनको क्षमता १५ बेडको रहेको छ भने बेड क्षमतालाई बढाउने तयारी भएको छ उहाँल्े जानकारी गराउनुभयो । आइसोलेसनमा संक्रमण पुष्टि भएर घरमा बस्न सक्ने सम्भावना नभएकाहरु र गम्भिर नभएका संक्रमितहरुलाइई राखिने बताईएको छ ।