भुटनदेवी माविको नवनिर्मित भवनको उद्घाटन

१३ वैशाख, हेटौंडा । हेटौंडाको भुटनदेवी माविमा निर्माण सम्पन्न भएको २० कोठे नवनिर्मित भवनको बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको छ ।


सोमबार जापान सरकारको ऋण सहयोगमा ६ करोड ३० लाखको लागतमा भ्याली लामा जेभिले भवनको निर्माण गरेको भवनको मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पौडेलले विद्यालय भवनको निमार्णसम्पन्न भएसँगै विद्यालयमा पढाई हुने शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । उहाँले शिक्षकले पढाउने हैन विद्यार्थीलाई सिकाउनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । भुटनदेवी माविमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा संचालन भईरहेको छ । यस्तै भुकुम्प पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना (शिक्षा) ले बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेललाई, मुख्यमन्त्री पौडेलले जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र खुलालले ४ नम्बर वडा कार्यालय हुँदै विद्यालयका प्रध्याध्यापक माधव दाहाललाई भवनको चाबी समेत हस्तान्तरण गरेको थियो ।