नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले लिए सपथ

१५ वैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज रिक्त रहेका तीनवटा मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन् ।
सत्तारुढ दल नेकपाकै मन्त्रीहरुले २०७७ पुस १० गते मुख्यमन्त्री पौडेल बिरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताब दर्ता गर्नुअघि तीन मन्त्रीले राजीनामा दिएका थिए । मन्त्रीहरुको राजीनामा पछि रिक्त रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा शरेश नेपाललाई नियुक्त गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा केशव पाण्डेय, सामाजिक विकास मन्त्रीमा सरस्वती बस्नेत नियुक्त भएका छन् । यस्तै सामाजिक विकास राज्य मन्त्री डाक्टर राम कुमार अधिकारीलाई नियुक्ती गरिएको छ । नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख विष्णु प्रसाई र राज्यमन्त्रीलाई मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार अपरान्ह ४ बजे सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण पछि मन्त्रीहरुले पदभार ग्रहण गरेका छन् ।