आलोपालोको व्यवस्थाले बैंक तथा वित्तिय संस्थाहरुमा कोरोना संक्रमण बढ्ने खतरा

१६ वैशाख, हेटौंडा । मकवानपुरमा बैंक तथा वित्तिय संस्थाहरुमा सर्वसाधरणहरुको चहलपहल विहिबार ह्वातै बढेको छ ।


कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई आलोपालो गर्दै हप्तामा तीन दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने निर्णयगरेसंगै हेटौंडामा रहेको नेपाल बैंक लिमिटेड , राष्ट्रिय बाणिज्य बैंक , प्रभु बैंक र ग्लोबल आइएमी लगाएतका बैंकहरुमा सेवा लिन सेवाग्राहीहरुको भिड बढेको हो । कोरोना महामारीको बिचमा १ मिटर भौतिक दूरी पनि कायम नगरी हेटौंडाको केही बैंक तथा वित्तिय संस्थामा सेवाग्राहीहरु लाइनमा बस्नाले झनै संक्रमण फैलिने सक्ने भएकोले यसतर्फ समयमै संबन्धित निकायको ध्यान जानु आवश्यक रहेको छ ।