हेटौंडा अस्पतालमा ३० बेडको सुविधासम्पन्न आइसोलेसन संचालनमा आउने

१६ वैशाख, हेटौंडा । हेटौंडा अस्पतलामा भोलिबाट ३० बेडको सुविधासम्पन्न आइसोलेसन संचालनमा आउने भएको छ ।


हाल १० बेडको आइसियू सहित कोभिड उपचार कक्ष संचालनमा रहेपनि अस्पतालले थप १४ बेडको एचडियु बेड र ६ बेडआइसियू विस्तार गरेको छ । विहिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अस्पतालको सुविधासम्पन्न कोभिड उपचार कक्षको निरीक्षण गर्नुभएको थियो । उहाँले एक हप्तामै हेटौंडा अस्पतालमा गम्भिर संक्रमितहरुको उपचार गर्न भेन्टिलेटर, आइसियू, एचडियू बेड भएको वार्ड संचालनमा ल्याइएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी पाण्डेले अब कोभिड संक्रमितका विरामीहरु भरतपुर काठमाडौं रेफर भएर जानुपर्ने अवस्था नभएको बताउनुभयो । यसैगरी हेटौंडा अस्पतालका चिकित्सक सागर काफ्लेका अनुसार ५० जनासम्म गम्भिर संक्रमितहरुलाई हेटौंडा अस्पतालले अहिलेको अवस्थामा सेवा दिन सक्ने र अस्पतलामा १० बेडको कोभिड आइसियू निर्माण हुने बताउनुभयो । संचालनमा आउन लागेको सुविधासम्पन्न आइसोलेसनमा मनिटर , एक्सरे , एचएनएफ्सी , अक्सिजन , विरामीको अवस्था गम्भिर रहे भेन्टिरेटरको पनि व्यवस्था रहेको छ । यस्तै आश्यकता अनुसार यसलाई वृद्धि गर्दै लैजाने योजना समेत रहेको उहाँले बताउनुभयो ।