तीनै तहको सरकारसँग समन्वय गरेर अघि बढ्नेः मन्त्री बस्नेत

१७ वैशाख, हेटौंडा । बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले कोरोना भाइरसको नियन्त्रणका लागी तीनै तहको सरकार सँग समन्वय गरेर अघि बढ्ने बताउनुभएको छ ।


शुक्रबार मकवानपुरका पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले कोभिड–१९ रोकथाम र नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले अहिलेको स्थितमा कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने र बचाउँने भन्ने कुरा महत्वपूर्ण विषय भएको स्पष्ट पार्नुभयो । कोभिड–१९ को कारण शिक्षामा परेको समस्यालाई सम्बोधन गर्ने आवश्यक भएको उल्लेख गर्दै शहरका विद्यार्थीहरुले अनलाइन कक्षा पढ्न पाए पनि प्रदेशको ग्रमिण क्षेत्रका विद्यार्थीहरुले त्यस्तो सेवा नपाएको बताउनुभयो । उहाँले कोभिड–१९ को रोकथापम पछि शिक्षालाई दोस्रो महत्व दिने बताउँदै मन्त्री बस्नेतले प्रदेशको आगमी मन्त्रिपरिषद् बैठकबाट शिक्षा क्षेत्रमा देखिएको चुनौती हटाउँने खालको योजना ल्याउँने दावी गर्नुभयो । उक्त अवसरमा सामाजिक विकास राज्यमन्त्री डा. रामकुमार अधिकारीले अहिलेको अवस्थामा कोभिड–१९ को बृद्धि दर बढीरहे अबको २ महिनापछि राज्यले त्यसलाई धान्नै नसक्ने दावी गनुभयो । उहाँले स्वास्थ्य मापदण्डको पालना कढाईको साथ गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै राज्यमन्त्री डा. अधिकारीले कोभिड–१९ को कारण धरासायी हुने अवस्थामा पुगेका सञ्चारमाध्यमहरुलाई जोगाउँन विशेष प्याकेजको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।