अनलाईनको माध्यमबाट बहस सुरु

२३ वैशाख, हेटौँडा । अनलाईनको माध्यमबाट बहस सुरुहुनु भन्दा पहिले जिल्ला अदालत मकवानपुरले न्यायधिस डिल्लीरन्त श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यमबाट कानुनी व्यवसायहरु, सरकारी वकिल बिच बैठक समेत बसेको थियो । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरिएन्टको कोरोना भाईरस (कोभिड–१९) को महामारीले आक्रान्त अवस्था र जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेसँगै निषेधाज्ञा अर्वधिभर मकवानपुर जिल्ला अदालतले तारेख दिने, बकपत्र गराउने तथा पेशी (सजाय निर्धारण बाहेक) अन्य सेवाहरु स्थगन गर्दै अन्य अदालती कामकारवाही नियमित गर्ने गरी अदालतले गत १९ गते सूचना जारी गर्दे अनलाईको मध्यामबाट बहस सुरुगरेको जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तादार अमृत घिमिरेले बताउनुभयो ।अदालतले प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिहरु, बालसुधार गृहमा रहेका कानुन संग विवादमा परेका बालबालिकाहरु, कारागारमा थुनामा रहेका थुनुवाहरु सँग अनलाईन मार्फत सुनुवाई गर्ने गरेको छ । अहिलेको प्रतिकुल समयको बाबजुत पनि जिल्ला अदालतले न्यायको ढोका खुल्ला गर्दे अनलाईनको माध्यमबाट श्रव्य दृश्य दुबैमा बहसको थालनी हुनु निकै राम्रो कार्य भएको मकवानपुर जिल्ला अदालत बार एशोसिएशनका अध्यक्ष ऋषी के.वी बताउनुभयो । विहिबार १ नम्बर ईजालसबाट सजाय निर्धारण सम्बन्धि ६ वटा मुद्धामा अनलाईको माध्यमबाट बहस भएको निमित्त श्रेस्तादार अमृत घिमिरेले जानकारी गराउनुभयो । यसअघि २ वटा लागुऔषध सम्बन्धी मुद्धामा र आजको बशस गरी कुल ८ वटा मुद्धामा बहस भईसकेको छ । विहिबार अनलाईनको माध्यमबाट भएको बहसमा सरकारी वकिल शान्ति माया वाईबा , कानुनी व्यवसायी शुभ लक्ष्मी श्रेष्ठ , सुबास अधिकारी ललिता श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।