विवेकशिल साझा पाटी बागमती प्रदेशका संसदीय दलका नेता रमेश पौड्यालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ल्याएको ‘प्रदेशका कानून सबैले जानुन भन्ने नारा हाँस्यास्पद रहेको बताउनुभएको छ । नेता पौडेलले आज नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको प्रदेशसभा बैठकमा अब प्रदेश सरकारले नागरिकलाई कानून पढाउन थालेजस्तो देखिएको भन्दै उक्त नारा हाँस्यास्पद रहेको बताउनुभयो् । प्रदेश सरकारले बनाएको कानुन कार्यान्वयनमा आउन नसकेका भन्दै ऐनामा धुलो लागेको छ भने अनुहार पुसेर हुँदैन ऐना नै पुस्नु जरुरी छ भन्दै मुख्यममन्त्री डोरमणि पौडेललाई अनुरोध गर्नुभएको छ । उहाँले विगतको आर्थिक वर्षहरुको नीति तथा कार्यक्रमको समिक्षा नगरी नीति तथा कार्यक्रम ल्याइएको कारण प्रभावकारी नभएको बताउनुभयो । नीति तथा कार्यक्रम बनाउँदा तथ्यमा आधारित भएर कार्यक्रम तयार पार्न नसकेको र गल्ती सच्याउने, सुधारका काम गर्न नसक्दा प्रदेश सरकारले प्रभावकारी योजनाहरु ल्याउन नसकेको उहाँले बताउनुभयो । प्रदेश सरकारले खोपको आवश्यकतालाई जिम्मेवारी पूर्ण रुपमा नलिएको बताउनुभयो । विगत एक वर्षदेखि प्रदेशका नागरिक खोपको आसमा बसेको तर प्रदेश सरकार भने यती वेला नीति तथा कार्यक्रममा खोपको कुरा उठाइरहेकाले प्रदेश सरकार जनता प्रति उत्तरदायी नरहेको उहाँको भनाई रहेको छ ।
Home Uncategorized
ताजा अपडेट
छुटाउनु भयो कि?
बाल मैत्री बनाउन राडो नेपालद्वारा सामाग्री सहयोग
६ फागुन, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर लाई बालमैत्री बनाउन स्तनपान कक्ष बनाईएको छ ।राडो नेपाल मकवानपुरले स्तनपान कक्ष ब्यवस्थापन गर्न प्रहरीलाइसहयोग गरेको हो । शुक्रवार प्लान ईन्टरनेशनल नेपालकोे आर्थिक सहयोगमा...
कानुनी उपचार खोज्ने सन्तोष चौलागाईको उद्घोष
६ फागुन, हेटौँडा । बागमती प्रदेश सरकार मन्त्रीपरिषदको पूर्वाग्रही निर्णय बिरुद्ध प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागााईले कानुनी उपचार खोज्ने बताउनुभएको छ ।सरकारले राजनीतिक प्रतिशोध साँधेर स्पष्टीकरण सोध्दै बर्खास्त गर्ने निर्णय गरेसंगै...
१ लाख ६६ हजार ४ सय २३ वटा भेडा बाख्रामा पिपिआर खोप लगाइयो
४ फागुन, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपक्षीं मन्त्रालयले प्रदेशभरि सप्ताहव्यापी संचालन गरेको पिपिआर विरुद्धको खोप मकवानपुरमा १ लाख ६६ हजार ४ सय २३ वटा भेडाबाख्रामा लगाईएको छ ।मन्त्रालयले माघ २५...