आइतबार ८१ जना कोरोना संक्रमित थपिए, २ सय २१ जना संक्रमणमुक्त

३० जेठ, हेटौँडा । मकवानपुरमा आइतबार पनि कोरोना निको हुनेको संख्या बढी रहेको छ ।
पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिदा २ सय २१ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका २ सय २१ जना आइतबार संक्रमण मुक्त भएको हो । संक्रमणमुक्त हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका १ सय ४७ जना, थाहा नगरपालिकाका ३८ जना, मकवानपुर गढी गाउँपालिकाका ७ जना, कैलाश गाउँपालिकाका ३ जना, मनहरी गाउँपालिकाका २० जना र भिमफेदी गाउँपालिकाका ६ जना रहेको छ । योसंगै मकवानपुरमा हाल सम्म कोरोना मुक्त हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ ।