मकवानपुरमा बुधबार ६८ जना कोरोना संक्रमित थपिँदा ९८ जना संक्रमणमुक्त

९ असार, हेटौँडा । कोरोना भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकामा थप एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा–१४ का ७६ वर्षीय वृद्ध रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । वृद्धको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । वृद्धमा असार १ गते कोरोना पुष्टि भएको र असार २ गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । वृद्ध मुटुरोगबाट पीडित रहेका थिए । यो संगै मकवानपुरमा कोरोनाबाट जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय २१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । बुधबार मकवानपुरमा कोरोना पुष्टि हुने भन्दा कोरोना निको हुनेको संख्यामा बृद्धि भएको छ। बुधबार ६८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९८ जना कोरोना मुक्त भएका छन ्। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार ८६ जनाको पीसीआर परिक्षणबाट ४० जनामा र १३० जनाको एन्टीजेन परिक्षणबाट २८ जना गरी ६८ जनामा कोरोना पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट २१६ जनामा कोरोना जाँच गरिएको थियो।मकवानपुर आज ३१ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।