मकवानपुरमा जोखिम न्युनिकरण लागी सम्बन्धित निकायहरु सक्रिय अवस्थामा

९ असार, हेटौँडा । जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य समिती मकवानपुरले भैपरि आउने प्रकृतिक विपद तथा जोखिम न्युनिकरण र व्यवस्थापनको लागी तयारी अवस्थामा रहेको जनाएको छ ।
नेपालमा बर्षाको समयमा आउँने बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुने गरेको छ । यस्तै मकवानपुरमा पनि बर्षाको समयमा बाढी पहिरो, नदिकटान सँगै चट्टयाङ्गको जोखिम रहेकोले जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुरुप सम्बन्धित निकायहरु र क्षेत्रगत समितीहरुलाई सक्रिय बनाईसकेको जिल्ला प्रशासन कार्यालय मकवापुरका प्रमुख जिल्ला अधिकारी एव्म जिल्ला विपत पुर्व तयारी तथा प्रतिकार्य योजना समितीका अध्यक्ष भरतमणी पाण्डले बताउनुभयो । यस्तै सम्भावित हुन सक्ने धनजनको क्षती, उद्धार र जोखिम न्युनिकरणका लागी सबै स्थानिय तहहरु, सुरक्षाकर्मी लगाएत सबैलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पाण्डले बताउनुभयो । बर्षातको समयमा हुने जोखिम न्युनिकरण र त्यसबाट हुने क्षती न्युनिकरणको लागी मकवानपुर जिल्लामा मनसुन जन्य जोखिम न्युनिकरण र कार्ययोजना २०७८ स्वीकृतभई कार्यन्ययनको चरणमा रहेको जिल्ला प्रशासन कार्यालय मकवापुरका सूचना अधिकारी देब चन्द्र गर्तौलाले बताउनुभयो । यस्तै उहाँले जोखिम न्युनिकरणको सन्दर्भमा सम्बन्धित निकाय, सरोकारवालाहरुलाई तयारी अवस्थामा रहन र मेसिन, इक्युमेन्ट, र आवश्यक औजार उपकरणहरु सहित तयारी अवस्थामा रहन निर्देशन जारी गरिसकेको बताउनुभयो । यस्तै मकवानपुरको उत्तरी भेगहरुमा पर्ने कैलास गाउँपालिका, राक्सिराङ्ग गाँउपालिका, थाहा नगरपालिकाका केही भागहरु र भिमफेदी गाउँपालिका र ईन्द्रुसरोवर गाउँपलिकामा बढी पहिरोको जोखिम रहेको गर्तौलाले बताउनुभयो । यस्तै मकवानपुरगढी गाँउपालिकाका केही भागहरु त्यस्तै तल्लो तटीत क्षेहरु बकैया र बाग्मती गाउँपलिका, हैटौंडा उपमहानगरपालिका र मनहरी गाउँपलिकाहरुमा तल्लो तटीय क्षेत्रहमा विशेष गरेर बाढी, नदी कटान र डुबानहुन सक्ने ठाउँहरु प्हिचान गरेको र त्यही अनुुसार सम्बन्धित संयन्त्रहरुलाई परिचालन गरिएको सूचना अधिकारी चन्द्र गर्तौलाले बताउनुभयो ।