केही दिनमै प्रदेशका सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गरिनेः मन्त्री बस्नेत

२६ असार, हेटौँडा । बागमती प्रदेश सामजिक विकास मन्त्री सरस्वती बस्नेतले केही दिनमै बागमती प्रदेश भित्रका सरकारी अस्पतालहरुमा अक्सिजन प्लान्ट र पिसिआर मेशीन जडान गरिने बताउनुभएको छ ।
शनिबार सामजिक विकास मन्त्रालयमा पत्रकारसंग भएको अन्तिक्रिया कार्यक्रममा बोल्नुहुदै मन्त्री बस्नेतले कोरोनाको दोस्रो लहरमा प्रदेश भित्रका धेरै मानिसहरुले अक्सिनजको अभावमा ज्यान गुमाउनु परेको भन्दै अबको केही दिन भित्रै प्लान्ट जडान गरिने बताउनुभयो । यस्तै कार्यक्रममा चालु अर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन भएका कार्यक्रम र आगमी अर्थिक वर्ष २०७८÷०७९ मा गरिने कार्यक्रमहरुको बारेमा समेत जानकारी गराईएको थियो ।