११ सय ८९ जना क्यान्सर रोगीले लिए आर्थिक सहयोग

१ साउन, हेटौँडा । आर्थिक वर्ष २०७७÷०७८ मा बागमती प्रदेशका ११ सय ८९ जना क्यान्सर रोगीले उपचारका लागी बागमती प्रदेश सरकारबाट प्रदान गरिएको आर्थिक सहयोग प्राप्त गरेका छन् ।
बागमति प्रदेश सरकारले प्रदेशका क्यान्सर रोगिहरुलाई जनही ५० हजारका दरले उपचार खर्च सहयोग गरेको हो । क्यान्सरका बिरामीलाई संघीय सरकारले एक लाख रूपैयाँ उपचार सहयोग गर्दै आएकोमा प्रदेश सररकारले थप ५० हजार आर्थिक सहयोग गरेको हो । गत फागनु १ गतेदेखि लागू हुनेगरी छुट सुविधा दिन वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका १५ वटा अस्पतालहरुसंग सम्झौता गरेको थियो । त्यसै अनुसार गत फागुन महिना देखी असार १५ गतेसम्म प्रदेशभित्रका ११ सय ८९ जना क्यान्सरका बिरामीले करिब २ करोड ३३ लाख ३० हजार रुपैयाँ बारबारको स्वास्थ्य सेवा लिएको सामजिका विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले जानकारी दिनुभयो ।प्रदेशले यो सुविधाका लागि गत आर्थिक वर्षमा सात करोड रूपैयाँ विनियोजन गरेको थियो । भने चालू आर्थिक वर्ष २०७८÷०७९ मा पनि यस कार्यक्रमले निरन्तरता पाएको छ ।