बागमती प्रदेश धान उत्पादनमा आत्मनिर्भर हुनेसंकेत

५ साउन, हेटौँडा । बागमती प्रदेशमा ९० प्रतिशत रोपाई सम्पन्न भएसगै धान उत्पादनमा आत्मनिर्भर हुने संकेत देखिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, हेटौंडाका अनुसार बागमती प्रदेशको कुल वर्षे धानले ढाक्ने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्ये श्रावण ५ गतेसम्म १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात ९० दशमलव ७७ प्रतिशत रोपाइँ सकिएको छ । समयमा नै मनसुन सुरु हुनु, कोभिड(१९ को कारणवाट विदेशवाट फर्किएका र स्वदेशमा रहेका मानिसहरु कृषि पेशामा लाग्नु, गाँउ–गाँउमा वसोवास बढ्नु, स्थानीय सरकारको कृषिमा सक्रियता, बाझो जमिनमा खेतिको सुरुवात हुनु, प्रदेश सरकारको खाद्यान्नमा आत्मनिर्भर हुने अभियान लगायत प्रदेश सरकारको कार्यक्रमहरुवाट बोरिङ्ग, सौर्य सिचाई तथा लिफ्ट सिचाई सिञ्चित क्षेत्र विस्तार हुनु, कृषिमा यान्त्रिकीकरण आदि कारणले गर्दा धान खेती गरिने क्षेत्रफलमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

कुन–कुन जिल्लामा कति भए रोपाई
बागमती प्रदेशको अन्न भण्डारको रुपमा चिनिने चितवनमा ९६ प्रतिशत रोपाइँ सकिएको छ । चितवनमा धान खेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये २७ हजार ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत दिपेन्द्रमणि लामिछानेले जानकारी दिनुभयो । यस्तै मकवानपुरमा ९८ प्रतिशत रोपाइँ सकियो छ । मकवानपुर जिल्लामा ११ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ७ सय ८० हेक्टर क्षेत्रफल अर्थात ९८ प्रतिशतमा रोपाइँ सकिएको हो । त्यस्तै नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ११ हजार ५ सय ६९ हेक्टर क्षेत्रफल अर्थात ८१ प्रतिशतमा रोपाइँ सकिएको छ । यस्तै रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ९ सय ७ हेक्टर क्षेत्रफल अर्थात ८३ प्रतिशत , ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ५ सय ५४ हेक्टर क्षेत्रफलमा (९९ प्रतिशत) , भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार २ सय ५७ हेक्टर क्षेत्रफलमा अर्थात ९९ प्रतिशतमा रोपाइँ सकिएको छ । यस्तै काठमाडौंमा पनि ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ८ सय १ हेक्टर क्षेत्रफलमा (९९ प्रतिशत) , काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा (८५ प्रतिशत) , सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ९ हजार ७ सय ८८ हेक्टर क्षेत्रफलमा (८० प्रतिशत) , रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९ सय २९ हेक्टर क्षेत्रफलमा ९० प्रतिशत , दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा (९५ प्रतिशत) , त्यस्तै, सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये १३ हजार ३ सय ११ हेक्टर क्षेत्रफलमा ८७ प्रतिशत रोपाइँ सकिएको छ भने धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये १० हजार ५ सय ६० हेक्टर क्षेत्रफलमा ८८ प्रतिशत) रोपाइँ सकिएको छ । हालसम्म बागमती प्रदेश भित्रका १३ वटा जिल्लामा वर्षेनी धान उत्पादन हुने १ लाख ३४ हजार २ सय ३८ हेक्टर क्षेत्रफल मध्य १ लाख २१ हजार ३६ हेक्टर क्षेत्रफल अर्थात प्रदेश भित्र ९० दशमलव ७७ प्रतिशत मात्र रोपाई भएको हो ।