यातायातका कर र राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

८ साउन, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले यातायातका कर र राजस्वहरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएसंगै अब बागमती प्रदेश डिजिटल प्रदेशको रुपमा अघि बढेको बताउनुभएको छ ।
शुक्रबार प्रदेशको राजधानी हेटौंडामा आयोजित अनलाइन मार्फत राजश्व भुक्तानी गर्ने प्रणालीको उद्घाटन् कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले अब लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था भएसंगै बागमती प्रदेश डिजिटल प्रदेश रुपमा अघि बढेको बताउनुभएको हो । यस्तै मुख्यमन्त्री पौडेलले अनलाइनबाटै रावश्व संकलन हुनेभएकाले बिचौलियाको भूमिका कम हुनुको साथै निकै पारदर्शी र भ्रष्टचारको कुनै गन्ध नआउने दावी गर्नुभयो । कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले एकजना सेवाग्राहीको अनलाइनमार्फत राजश्व भुक्तानीको प्रक्रियालाई प्रविष्ट गराएर अनलाइनमार्फत राजश्व असुली गर्ने प्रणालीको सुरुवात गर्नुभएको थियो । देशभरका सवारी साधनमध्ये झण्डै ४७ प्रतिशत सवारी साधन बागमती प्रदेशमा मात्रै रहेको छ । यस्तै अनलाइन सेवा सुरुभएसंगै करिब साढे १६ लाख सवारी धनीले अनलाइनमार्फत राजश्व रकम दाखिला गर्न पाउने छन् ।