उद्योग व्यवसायीहरुलाई कोरोना खोप उपलब्ध गराउन लागि पर्दैछुः राजकुमार न्यौपाने

१० साउन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष राजकुमार न्यौपानेले कोभिड–१९ को लहरबिच पनि ब्यवसाय सञ्चालन गरि आम जनमानसमा सहजता प्रदान गर्न उद्योगी ब्यवसायीले कोरोनाको खोप आवश्यक रहेको भन्दै आफु त्यसको लागी निरन्तर लागीपरेको बताउनुभएको छ ।
यस्तै संघको ५४ औं वार्षिक साधारणसभामा अध्यक्षको प्रत्यासी एव्म महासंघको पूर्व केन्द्रीय सदस्यसमेत रहनुभएका न्यौपानेले विभिन्न व्यवसायी तथा सरकारी संघ संस्थाहरुसंग पनि समवन्य गदै खोपलगाउन सरुसमेत भइैसकेको बताउनुभएको हो ।गत हप्ता मकवानपुरको सन्र्दभमा १० हजार डोज खोप उपलब्ध भए हाल सञ्चालनमा रहेका ब्यवसायमा आवद्धहरु जोखिमबाट मुक्त हुने भन्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई खोपकोलागी मागपत्र बुझाएका थिए ।