हेटौंडा नगरभित्र निमार्णधिन शैक्षिक तथा स्वास्थ्य चौकी भवनहरुको स्थलगत अनुगमन

११ साउन, हेटौँडा । जिल्ला समवन्य समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडा नगरभित्र निमार्णधिन विभिन्न शैक्षिक तथा स्वास्थ्य चौकी भवनहरुको स्थलगत अनुगमन गर्नुभएको छ ।
सोमबार जिल्ला समवन्य समितीका प्रमुख खुलालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित जिल्ला समवन्य समिती मकवानपुरको ३० लाख लगानीमा बालज्योति माध्यमिक विद्यालयमा निमार्णधिन शौचालय र हैटौंडा १८ नम्बर वडा हर्नमाडीमा रहेको स्वास्थ्य चौकी भवनको अनुगमन गर्नुभएको हो । स्वास्थ्य चौकीमा हाल जिसस मकवानपुरको २७ लाख लगानीका माथिल्लो तलाको निर्माणकार्य भईरहेको छ । यस्तै उहाँले पर्यटकीय क्षेत्र जुरेथुमको पनि अनुगमन गर्नुभएको छ । यस्तै प्रमुख खुलालले अनुगमनको क्रममा हेटौंडा ५ स्थित पिप्लेमा पिप्ले युवा क्लबको अगुवाईमा क्यम्पा चौरमा निर्माण भईरहेको मिनी रंगशालाको पनि अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममा अध्यक्ष खुलालले कामलाई छिटो छरिटो एव्म सुरक्षित हुने किसमको निर्माण सम्पन्न गर्न निर्देशन समेत दिनुभयो ।