एमसीसीको विरोधमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन

१५ साउन, हेटौँडा । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा हेटौंडाको बुद्धचोकमा प्रदर्शन भएको छ ।
शुक्रबार नेकपा विप्लप समूहका भातृ संगठन अखिल क्रान्तिकारी युवा संगठन नेपाल र राप्ट्रिय जनसरोकार मञ्च नेपालले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गरेका हुन । बुद्धचोकबाट सुरुभएको विरोध प्रदर्शन सिमाचोक हुदै पुग्न बुद्धचोकमै आएर कोणसभामा पिरिणत भएको थियो । यस्तै कोणसभामा बोल्दै नेपका विप्लप जिल्ला कमिटी सचिवालय सदस्य सुर्य अर्यालले देशमा एमसीसी परित गरेर सिरिया बनाउन खोज्दै गरेरकोले राष्ट्रिय सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ती बलिदान गर्न तयार रहेको बताउनुभएको छ । यस्तै प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौं, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’, ‘एमसीसी सम्झौता चाहिँदैन, नेपाललाई उपनिवेश बनाउन पाइँदैन’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत लेखिएका पम्पलेट बोकेका थिए ।