एमालेलाई एकताबद्ध गर्न राजीनामा दिएँः डोरमणि पौडेल

२ भदौ, हेटौँडा । ४२ महिना बागमती प्रदेशकोे संसदीय दलको नेता र मुख्यमन्त्रीको बागडेर समालेका डोरमणि पौडेलले आज दुवै पदबाट राजीनामा दिएका छन् ।


संघीय सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशका ल्याएलगतै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले दुवै पदबाट राजिनामा दिएका हुन । उहाँले नेकपा एमाले पार्टी फुट्ने समयमा प्रदेशबाट सकारात्मक सन्देश दिन खाजेको र नेकपा एमालेलाई राष्ट्रिय रुपमा एकताबद्ध बनाउन सहयोग पु¥याउने हेतुले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको उहाँको बताउनुभयो । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्री बनेका मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी विभाजन रोक्न र एकताका सन्देश दिन आफुले राजीनामा दिएको मुख्यमन्त्री पौडेलको दावी छ । एमाले संसदीय दलको आज बसेको बैठकले अष्टलक्ष्मी शाक्यलाई सर्वसम्मत संसदीय दलको नेताको जिम्मेवारी सुम्पीएको छ । संबिधानतः बहुमत प्राप्त संसदीयका दलको नेता मुख्यमन्त्री हुने ब्यवस्था छ । संबिधानको यही व्यवस्थाले अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ । अष्टलक्ष्मी शाक्य संसदीय दलको नेतामा पराजित हुँदा पार्टी भित्रको आन्तरिक विवाद बागमती प्रदेशमा चुँलीदै गयो । यसको प्रभाव केन्द्रीय राजनितीमा समेत पर्न गयो । प्रदेश सरकारको निती कार्यक्रम र बजेट पास गर्न समेत सहयोगी भूमिका खेलेकी नेता अष्टलक्ष्मी शाक्यलाई पार्टी एकता जोगाउनै ओली समूह मुख्य मन्त्री बनाउन तयार भएको हो । बागमती प्रदेशले शीर्ष नेतृत्वलाई दबाब दिन पार्टी एकताको पक्षमा उभीनकै लागि शाक्यलाई मुख्यमन्त्रीका रुपमा अघि सारेपनि यसले पार्टी विभाजन रोकीने हो होइन निश्चित हुन सकेको छैन । यस्तै नेता अष्टलक्ष्मी शाक्यले भने आफँु सधै पार्टीको एकता र लोकतन्त्रको पक्षमा रहेको बताउदै बागमती प्रदेशले संघिय सरकारलाई सकरात्मक संदेशका साथ पार्टी एक ढिक्का रहेको बताउदै फुटेरभन्दा पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने भएकोले संघिय सरकारमा अन्य दलको सरकार बनेता पनि बागमती प्रदेशमा भने नेकपा एमालेकै सरकार रहने बताउनुभयो । हाल बागमतीमा एक सय नौ सांसदमध्ये एमालेका ५६ जना छन् । त्यसमध्ये ओलीका पक्षमा ३४ र नेपाल पक्षमा २२ सांसद छन् । नेकपा माओवादी केन्द्रसँग २३, कांग्रेसको २२, विवेकशील साझाका ३, नेपाल मजदुर किसान पार्टी र राप्रपाका २÷२ तथा एक जना स्वतन्त्र सांसद रहेका छन् ।