कोरोनाविरुद्धको खोप लगाउन हटियामा घरदैलो अभियान सुरु

१० असोज, हेटौँडा । कोभिड १९ को खोपको लागि अनलाइन फर्म भर्न छुटेका र नभरेकाको लागी भन्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित हटियामा घरदैलो अभियान सुरु भएको छ ।
कोरोना खोप लगाउन जनतालाई सहज होस भन्दै सरकारले ईन्टरनेटको माध्यमबाट फर्म भरेर खोप लगाउने अनलाइन प्रणाली सुरु गरेको हो । सरकारले अनलाइन फर्म भरेर मात्र कोराना खोप लगाउन भने पनि स्थानीय स्तरमा भने कतिपय स्थानमा ईन्टरनेटको सहज आपूर्ति र यस सम्बधि ज्ञान नहुदा सर्बसाधरण भने यस प्रति अन्योल रहेका छन । त्यसैअनुरुप आईतवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोईरालाको नेतृत्वमा विबिध कारणले कोरोना खोप लगाउन छुटेकाहरुलाई मध्यनजर गर्दै घरघर मै पुगेर खोप लगाउन सुरु गरेको हो । हटिया स्थित बिकट गाउ शक्तिखोला, आकाशधारा लगाएतको क्षेत्रमा पुगि करिब २ सय ५० घरधुरिलाई खोप लगाउन सुरु गरेको छ । अभियानको क्रममा नेपाली कांग्रेस वडा नम्बर १६ का वडा सभापति सोमनाथ ढंगोल, सहजकर्ताहरु सरला बाँनिया, बिष्णुप्रसाद तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।