नगर अधिवेशनबाट नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान

१० असोज, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको शनिबार भएको अधिवेशनको निर्वाचनबाट नवनिर्वाचित कार्य समितीलाई प्रमुख जिल्ला निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
आज नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा नगर कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित हेटौंडाका नगर सभापति उत्सब इटेनी, उपाध्यक्ष रामकृष्ण कोइराला, डोल्मा स्याङबो, सचिवमा सविन न्यौपाने, हर्करत्न लामा, सहसचिवमा विकास बानियाँ र निगम श्रेष्ठलाई निर्वाचन अधिकृत गोपि शर्मा सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभएको हो । कार्यक्रममा नगर सभापतिमा पराजित भएका महेन्द राउतले पनि निर्वाचित नवनिर्वाचित कार्य समितीलाई खादा लगाएर सम्मान व्यक्त गनुभएको थियो । निर्वतमान नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने लगाएत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।